सडक किनारका रुख मासिँदै

सडक किनारमा लगाएका आँपका रुख मासिँदै गएका छन्। लहान–ठाडी सडकखण्डका आधाभन्दा धेरै रुख मासिए पनि सरोकारवालाको ध्यान पुगेको छैन। चार दशकअगाडि नै निर्माण भएको उक्त सडकको दुई किनारामा लगाएका आँपका फल लाग्ने रुख मासिँदै गएका हुन्। हाँगा दाउराका लागि र पात बाख्रालाई खुवाउन काट्न थालेपछि बर्सेनि रुख मासिँदै जान थालेका हुन्।

सम्बन्धित सामग्री

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति रुख कटान सुरु

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले तराईको वन विकासको मेरुदण्ड भएको बताउनुभएको छ । बुधबार मोरङको कानेपोखरी–७ मा एसियाली विकास बैङ्कको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यव्रmमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री उप्रेतीले भन्नुभयो, “बाधा अडचन आए त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने छ । वन विकासको बाधक भएको भाष्य तयार भइरहेको छ । एउटा रुख काट्ने निर्णय गर्नुपूर्व त्यो रुख हुर्काउन लागेको समय पनि समीक्षा गर्नु पर्छ ।” उहाँको बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।

सडक किनारका रुख काट्नेलाई कारबाही

पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ। महानगरले पोखरा– ८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो। फुटपाथमा हुर्किएको रुख काट्ने गिटार...

वीरेन्द्रनगरमा केरलाको पाम ट्री

वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा रोपेको छ। सडक विस्तारका क्रममा सडक किनारका रुख काट्नु परेपछि भारतबाट १२ वर्ष उमेरका बिरुवा ल्याएर रोप्नु परेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो।

सडक किनारका विरुवा रातारात हटाउँदै हेटौँडा उपमहानगर

हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडको दायाँ–बायाँ सडकपेटीमा राखेको रुख–विरुवाहरू रातारात हटाएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सूचना प्रकाशित भइसकेको अवस्थामा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न रुख–विरुवा हटाएको नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले...

नारायणगढ–बुटवल सडक खण्डका चौतारा मासिए

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड बिस्तार गर्ने क्रममा सडक किनारका सयौं पुराना वरपीपल रुख,चौतारा तथा यात्रु प्रतीक्षालयहरु मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माण भएका बेला सडकको दुवैतर्फ बनेका चार सयभन्दा बढी वरपीपलका रुख,चौतारा तथा यात्रु प्रतीक्षालय अहिले चार लेनको सडक बिस्तार गर्ने क्रममा मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजनाअन्तर्गत पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय […]

सडक बिस्तारले चराको बासै गुम्यो

पृथ्वी राजमार्ग अन्तरगत पोखरा–मुग्लिन खण्ड विस्तारको काम शुरु भईसकेको छ। राजमार्ग विस्तारकै क्रममा सडक किनारका अग्ला ठूला रुख कटान गरिएको छ। पोखरा–दमौलीसम्मको क्षेत्रको रुख कटान गरिदाँ त्यहाँका रुखमा आश्रित चराचुरुंगी बढी प्रभावित भएका छन्।...

युरोपमा आँधीमा परेर मृत्यु हुनेको संख्या १६ पुग्यो,लाखौं सर्वसाधारण प्रभावित

काठमाडौं । युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायत लगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षती भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले सडक किनारका रुख तथा विजुलीका पोलहरुमा क्षति पुर्याएपछि राजमार्गहरु बन्द भएका छन् […]