पूर्वपश्चिम राजमार्ग स्तरोन्नति रुख कटान सुरु

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले तराईको वन विकासको मेरुदण्ड भएको बताउनुभएको छ । बुधबार मोरङको कानेपोखरी–७ मा एसियाली विकास बैङ्कको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यव्रmमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री उप्रेतीले भन्नुभयो, “बाधा अडचन आए त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने छ । वन विकासको बाधक भएको भाष्य तयार भइरहेको छ । एउटा रुख काट्ने निर्णय गर्नुपूर्व त्यो रुख हुर्काउन लागेको समय पनि समीक्षा गर्नु पर्छ ।” उहाँको बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।