विश्व बैंकले सन् २०१२ को जुन २९ मा वेबसाइटमा वक्तव्य सार्वजनिक गर्दै बंगलादेशको पद्मा बहुउद्देश्यीय पुल परियोजनाको ऋण सम्झौता रद्द गरिएको जनायो । भ्रष्टाचारको आरोप लागेपछि विश्व बैंकले १.२ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) अन्तर्गतको सम्झौता रद्द गरेपछि एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) समेत परियोजनाबाट अलग्गिए ।