प्रधानमन्त्री भन्छन्ः बङ्गलादेशमा विद्युत् निर्यात गर्न चाँडै त्रिदेशीय विद्युत् व्यापार सम्झौता हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

सम्बन्धित सामग्री

३ प्रश्न

बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्ने गरी सम्झौता गर्ने प्रक्रिया अघि बढेको छ । नेपालले कहिलेदेखि बंगलादेशमा विद्युत् निर्यात गर्न सक्छ ?  खरिद प्रक्रियाबाट पनि बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने प्रक्रिया अघि...

ऊर्जा क्षेत्रमा फड्को

नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएसँगै नेपालको ऊर्जा क्षेत्र नयाँ चरणमा प्रवेश गरेको छ । सम्झौतापछि भारतको विशाल ऊर्जा बजारमा नेपालले सहज प्रवेश पाएको छ । सरकारको महìवपूर्ण र ऐतिहासिक पहलकदमीले सम्भव भएको हो । जलस्रोतको धनी भए पनि साधन र स्रोतको अभावमा ऊर्जा क्षेत्रमा यथेष्ट लगानी विस्तार हुन सकेको थिएन । कहालीलाग्दो लोडसेडिङ बेहोरेका नेपालीका लागि बिजुली बिक्रीको विषय आफैँमा गौरव गर्नलायक छ ।

भारतसँग प्रसारण लाइन सम्झौता माघसम्म

नेपाल र भारतबीच आगामी माघभित्र अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता (टीएसए) हुने भएको छ । भारतसँग हाल प्रक्रिया अघि बढाइएको विद्युत् व्यापार सम्झौता (पीएसए) निश्चित भएपछि टीएसए हुने ऊर्जा मन्त्रालयले बताएको छ । नेपाल भारतबीच विद्युत् आयात/निर्यातमा अहिले भारतीय पक्ष ढुक्क छैन । त्यसैले उनीहरू टीएसका लागि पीएसए पर्खेर बसेका छन् । पीएसए आगामी पुस २५ भित्र गर्न दुवै पक्ष सहमत छन् ।  ‘यो तोकिएकै समयमा भए टीएसए मध्यमाघभित्रै हुन्छ,’ विद्युत् प्राधिकरण प्रसारण लाइन प्रमुख रामचन्द्र पाण्डेयले अभियानसँग भने । टीएसएले नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको औपचारिक प्रक्रिया अघि बढाउन मद्दत गर्नेछ । यो विशेषगरी १२ सय मेगावाटसम्म विद्युत् प्रवाह क्षमता हुने ४०० केभी प्रसारण लाइन निर्माणका लागि भएको बताइएको छ । विद्युत् निर्यात गर्न तीन वर्षअघि नै सम्झौतामा पुग्ने प्रावधान छ । ‘यसकारण तत्काल विद्युत् निर्यात गर्न सक्ने अवस्था नभए पनि भविष्यका लागि टीएसए गर्न आवश्यक छ,’ ऊर्जा मन्त्रालयका सहसचिव राजेन्द्रकिशोर क्षत्रीले जानकारी दिए ।  वर्ष ६, अंक ७४, आइतवार, १९ मंसिर, २०६७