काठमाडौं : नेपालको जनसंख्या ३ करोडभन्दा थोरै रहने देखिएको छ।केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको बीचमा रहने जानकारी दिएको हो।किन बढेन जनसंख्या?नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिदर अपेक्षित नभएको विभागको भनाइ छ।विभागका अनुसार बिहीबार सकिएको जनगणनाअनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ।विसं २०६८ को प्रक्षेपणअनुसार २०७८ सम्म एक महिलाले औसतमा २ दशमलव १ जना सन्तान जन्माउनुपर्ने थियो तर जनगणनाबाट