तथ्यांक विभागको प्रक्षेपण : नेपालको जनसंख्या ४० लाख बढ्छ

काठमाडौँ– केन्द्रीय तथ्याङक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । मृत्युदरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो । तथ्यांक विभागका कम्पयुटर अधिकृत […]

सम्बन्धित सामग्री

जनसंख्या घट्नु मुलुकका लागि चिन्ताको विषयः विज्ञ

काठमाडौं, माघ १३ । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन

किन बढेन नेपालको जनसंख्या?

काठमाडौं, माघ १३ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ । २०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको […]

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ । अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ । सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।

नेपालको जनसंख्या : पुरुषभन्दा महिला धेरै

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।जसअनुसार पुरुषको जनसंख्याको प्रतिशत ४८.९६ र महिलाको जनसंख्याको प्रतिशत ५१.०४ प्रतिशत रहेको छ ।  तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२ लाख ९१ हजार ३११ […]

घट्यो नेपालको जनसंख्या वृद्धिदर

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । हालै सम्पन्न जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको देखाएको तथ्यांक विभागले जनाएको हो ।

जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ ।  यसपटकको जानसंख्या  वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । अघिल्लो पटकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी थियो । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । ६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।   १० वर्षमा अवधिमा नेपालको जनसंख्या १० प्रतिशत अर्थात् २७ लाखले बढेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, १० वर्षमा २७ लाखले बढ्यो

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार  कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।  यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।&