उच्च रक्तचाप नियन्त्रणका लागि नुन कम खाने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने तथा कोलेस्ट्रोल र सुगर नियन्त्रणमा राख्नुपर्ने चिकित्सक शाहको सुझाव छ। थाइराइड समस्या भए उपचार गर्न पनि उनले आग्रह गरे।
गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार […]
काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ‘लज्जास्पद’ हारको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। निर्वाचन सम्पन्न भएको अढाइ महिना बित्दा पनि हारको औपचारिक समीक्षा र केन्द्रीय कमिटीको बैठक बस्न नसकेको भन्दै उनले नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन्। जेठ ४ गते बस्न लागेको […]
शिलापात्रसँगको कुराकानीमा सापकाटाले सी र ट्रम्पको सम्बन्धको असर नेपालमा पर्ने भए पनि धेरै निराश हुनु नपर्ने बताउँछन् । यद्यपि, शक्तिराष्ट्रको सम्बन्ध स्वार्थकेन्द्रित हुने भएकोले नेपालजस्ता देशहरूले चनाखो भएर रणनीति बनाउनुपर्ने बताउँछन् ।
४ जेठ, बुटवल । कैलालीपछि सबैभन्दा बढी अव्यवस्थित बसोवासी र भूमिहीन सुकुमवासी रहेको रुपन्देहीमा आइतबार रास्वपाको नेतृत्वमा सरकार बनेयता दोस्रोपटक वृहत् प्रदर्शन भयो । यसअघि वैशाख २४ गते विरोध प्रदर्शन भएको थियो । सरकारले सार्वजनिक …