लोकतन्त्र हटाएर राजतन्त्र ल्याउने काम हुनैसक्दैन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । उनले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाए ।
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले सङ्घीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।
आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुपर्नेमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भए पनि सरकार...
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताउनुभयो […]
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गरे। ‘राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नुभने हामीले देश जोगाउन सक्दैनाँै । संघीयता जोगिनै सक्दैन,’ उनले भने।
रुपन्देही । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् । विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनको तर्क छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय सितल निवासमा बस्नेछ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको सो बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुनेछ ।
राजमोले बर्तमान सरकारले संसद विघटन गरेर असंवैधानिक काम गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।
अध्यक्ष केसीले नेकपा (एमाले) र माओवादी केन्द्रबीच सम्भव भए पुनः पार्टी एकता गर्न र नभए वामपन्थी शक्तिका बीच कार्यगत एकता कायम गरी सरकार सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
सर्वोच्च अदालतको आदेशसँगै सत्तारुढ दल नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि सरकार संकटमा परेको छ । अहिले विभिन्न दलहरुबीच सत्ता समीकरणको प्रयास भइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने सम्भावना भएका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जाँदै हुनुहुन्छ । विदेश जानुअघि राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको आरोप पनि लगाउनु भयो ।
उहाँले भौतिकवादी कम्युनिस्ट पार्टीको अध्यक्ष पशुपतिमा पुजा अर्चना गर्नु तेसैको ताजा उदाहरण भएको तर्क गर्नुभयो ।
संघीयताको विरोध गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले अन्य पार्टीहरुलाई संघीयता आजका दिनमा न्याउरी मारी पछुतो भएको बताउनुभयो । जनतालाई करको भारी मात्रै बोकाउन संघीयता थोपरिएको भन्दै उहाँले यो व्यवस्था देशको हितमा हुनै नसक्ने बताउनु भयो ।
उहाँले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै चीनलाई घेरामा पार्ने उद्देश्यले एमसीसी परियोजन ल्याउन बल गरिएको बताउनुभयो ।
देशमा कलकारखाना उद्योग धन्दा नभएको, गर्नुपर्ने काम नगरेर गलत बाटो हिँडेकोले समस्या मात्रै थोपरिएको नेता केसीले उल्लेख गर्नुभयो । जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल समेत गर्नुभयो ।
चुनावको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै अध्यक्ष केसीले देशमा बिरामीले औषधी नपाउने, बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च त्यता लगाए केही राहत हुने बताउनु भयो ।
देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको भन्दै अध्यक्ष केसीले अब सबै एकजुट भएर लागि पर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो । जनताले सधैँ एेक्यबद्द भएर देशमा ठूला ठूला परिवर्तन भएकोले जनतानै सबैभन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गर्नुभयो ।
यस्तै, राजमो केन्द्रीय सदस्य मनोज भट्टले शेरबहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्रीको लोभ त्याग्न नसकेको बताउनु भयो ।
उहाँले पहिलेका दिनमा पनि प्रधानमन्त्री पदको लागि शेरबहादुर देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको उदाहरण दिँदै अब देउवा र नेपाली कांग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आग्रह गर्नुभयो।केपी ओली अब नांगिसकेको भन्दै भट्टले नांगो नाच धेरै दिन नटिक्ने उल्लेख गर्नुभयो ।
राजमो पूर्व केन्द्रीय सदस्य झबिलाल थापा, सागर केसी,शेरबहादुर बिसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा जिल्ला सचिव कल्पना पोख्रेल लगायतका ...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभएको छ । उहाँले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताउनुभयो ।
गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभएको छ । उहाँले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताउनुभयो । बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको […]
प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले संसद विघटन र प्रतिगामी खतराबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७७ माघ १९ गते बागबजारस्थित हार्दिक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रारम्भमा नै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि केसीले अहिलेको राजनीतिक सङ्कटको निकास प्रतिनिधि सभा पुनःस्थापना नै भएको बताउनुभयो ।
‘हामीलाई थाहा छ, प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि जनताका आधारभूत समस्या समाधान हुने छैनन्” उहाँले अगाडि भन्नुभयो– ‘गतकालका जहाँनिया शासनको तुलनामा अहिलेको गणतन्त्र प्रगतिशील व्यवस्था हो ।’
सम्बोधनको क्रममा उहाँले अहिले देशमा २०१७ सालको जस्तो स्थिति दोहोरिन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो ।
‘तपाईंहरूलाई लाग्छ, केपी ओलीले साँच्चै मध्यावधि निर्वाचनका लागि प्रतिनिधि सभा विघटन गरेका हुन् ?’ अध्यक्ष केसीले निर्वाचन आयोगले सर्वोच्च अदालतको मुख ताकेको र कोरोना महामारीका कारण देशमा चुनाव गराउने स्थिति नभएकाले तोकिएको मितिमा चुनाव हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘समयमै चुनाव गराउन नसकेपछि उहाँले सङ्कटकाल लगाउने नियत पनि राखेकोजस्तो देखिन्छ ।’
देशमा विदेशी चलखेलको सन्दर्भमा उहाँले कमजोरी यहीँका राजनीतिक दलहरूमा रहेको बताउनुभयो ।
‘घाउ भएको ठाउँमा माखा भन्किन्छ नि’ उहाँले भन्नुभयो– ‘यहाँका राजनीतिक पार्टीहरू देश र जनताप्रति समर्पित भएर लागेको भए विदेशी शक्तिहरूले खेल्ने मौका पाउँदैनथे ।’
मन्तव्यको क्रममा उहाँले जनतालाई सचेत भएर जनान्दोलनमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले थप्नुभयो– ‘मुख्य फैसला नेपाली जनताको शक्तिले गर्ने भएकाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि पनि जनता नै एकजुट हुनुपर्दछ ।’
कार्यक्रमा मन्तव्य राख्दै वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको सार्वभौमिकताको उपभोग प्रतिनिधि सभाले गर्ने बताउँदै त्यसलाई विघटन गरेर प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताकै विरोधमा काम गरेको बताउनुभयो ।
प्रतिनिधि सभा विघटनलाई संविधानको मृत्युसँग तुलना गर्दै उहाँले त्यसका साथै सार्वभौमसत्ता पनि स्वाहा भएको बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा पुनःस्थापना गर्दै सार्वभौमसत्तालाई जीवित गर्न सङ्घर्ष गर्न सबैलाई आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले २०७२ सालको संविधान पोलेको स्मरण गर्नुभयो ।
‘यस्तो विडम्बना छ’ उहाँले भन्नुभयो– ...