भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको मौसम विभागले आउँदाे चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । 'लु' र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ ।
देशको पश्चिमी, मध्य र &nbs...