पशुपतिनाथ मन्दिरको गर्भगृह (ज्योतिर्लिङ्ग) मा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । परम्परादेखि चाँदीको जलहरी रहेकामा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अदालतको आदेश छलेर हतारहतार सुनको जलहरी चढाएको थियो । हतारमा काम गर्ने मौका पारेर करिब डेढ किलो सुन गायब बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको हो ।