१६ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषीयमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् । मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् । ‘अब यथास्थितिमा अलग-अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने,’ अष्टलक्ष्मीले भनिन् । […]