काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।
कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ ।
यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध...