काठमाडौं : कुमारी आमाका रुपमा परिचित निहारिका राजपुतको छोराको डीएनए उनले आरोप लगाउँदै आएको शिवराज श्रेष्ठसँग मिलेको छ ।शुक्रबार रिपोर्ट आएको र त्यसमा श्रेष्ठ र राजपुतका छोराको डीएनए मिलेको उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले थाहाखबरलाई जानकारी दिइन्। उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न भदौ ८ मा आदेश दिएको थियो । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणको रिपोर्ट शुक्रबार आएको हो। ‘रिपोर्ट आज प्राप्त भएको छ’,