डिल्लीबजारको सडकमा गाडी फस्यो, घरभित्र पानी पस्यो (फोटो/भिडियो)

काठमाडौँ- संघीय राजधानी काठमाडौँमा केहि समयअघि पानी पर्‍यो । पानीले काठमाडौँ महानगरपालिका- २६ स्थित डिल्लीबजारका केहि घरहरूमा पानी पसेको छ । मुख्य सडकमा विद्युत्‌ प्राधिकरणले खाल्डो खनेर पुरेको ठाउँमा दिगो सार्वजनिक यातायातको बा ५ ख ४२६४ नम्बर बस फसेको छ । मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार काठमाडौँ...

सम्बन्धित सामग्री

बाढी र डुबानले अस्तव्यस्त काठमाडौं (२० तस्बिर)

बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोला उर्लिँदा घरघरमा पानी पस्यो । धेरैको उद्धार भएपनि केही मानिसको ज्यान गएको छ । करिडोरलगायत अधिकांश सडकमा लेदोका कारण आज पनि गाडी चलेको छैन ।

'ठूला'हरूलाई समात्नुपर्ने बेला सीआईबीको गाडी मोडिँदा झस्का पस्यो : भट्टराई

सुन तस्करी, ललिता निवास र नक्कली शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बताएका छन् ।

घरभित्रै काटिन्छ गाई !

बाँके । प्रहरीलाई बिहान १० बजे खजुराको चमकदारपुरमा गाई काटेको खबर आयो । इलाका प्रहरी कार्यालय, धनौलीको टोली चमकदारपुर पुग्यो । प्रहरीको गाडी देखेपछि वासिम साई भागे । वासिमको घरमा गाई काटिएको थियो । प्रहरीको टोली वासिमको घरभित्र पस्यो । वासिमकी श्रीमती सलमा साई गाईको मासु पोको पारेर कुनामा लुकाउन व्यस्त थिइन् । प्रहरीले वासिमको […]

आधुनिक भवन निर्माणका मापदण्ड

काठमाडौं । आधुनिक भवन निर्माणमा आर्किटेक्चर विधाका मुख्य तीन विषय महत्वपूर्ण मानिन्छन् । यिनै मुख्य कुराको आधारमा भवन निर्माणको नक्सांकन गरिन्छ । यसो गरिए भवनलाई आरामदायी, बलियो र सुन्दर बनाउन सहयोग गर्छ । यी विषयबारे ज्ञान हुँदा भविष्यमा निर्माण गरिने भवनबाट जीवनभर ढुक्क हुन सकिन्छ । प्रयोग गर्न सजिलो भवन प्रयोगको हिसाबले सजिलो हुनुपर्दछ । एक पटक भवन निर्माण गरेपछि पटक–पटक बनाउन र परिवर्तन गर्न सकिँदैन । अन्य प्रयोगका वस्तु बदल्न सकिन्छ तर भवन हत्तपत्त बदल्न सकिँदैन । त्यसैले भवन प्रयोगको हिसाबले सजिलो र आरामदायी हुनुपर्दछ । आयु लामो बनाउने क्रममा भवनलाई प्रयोग गर्न कठिन हुने गरी बनाइनुहँुदैन । भवन सबै सदस्यका लागि एकदमै सजिलो र आनन्दायक हुनुपर्दछ । बस्न, खान, सुत्न, भेटघाट गर्न सबै हिसाबले एकदमै मिलेको सेवादायक हुनु आवश्यक छ । एउटा सुविधायुक्त भवनमा खबर तथा सूचना प्राप्त गर्न टिभी च्यानल प्रयोग गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । भान्सा कोठा खाना खाने कोठासँगै जोडिएको हुनुपर्छ । डाइनिङसँगै बैठक कोठा जोडिएको अति उत्तम मानिन्छ । पाहुना तथा घरका सदस्य भान्सामा जान सजिलो हुनुपर्दछ । झ्यालमा प्रकाश पुग्ने गरी राखिनुपर्दछ । आकाशबाट सीधै सूर्यको प्रकाश पस्ने गरी छानाको व्यवस्था हुनु आवश्यक छ । लुगा–कपडा राख्न आवश्यक व्यवस्था हुनु जरुरी छ । गाडी राख्ने ग्यारेजको उचित व्यवस्था र बाहिर बगैंचा एवं रुखले आकर्षण थप्छ । यी सबै आधुनिक भवनका आवश्यकता हुन् । बलियो र टिकाउपना भवन राम्रो मात्र भएर हुँदैन । बलियो र टिकाउ हुनु आधुनिक भवनको प्रमुख विशेषता हो । वास्तुशास्त्रमा भवनको आयु हजार वर्ष रहेको उल्लेख गरिएको छ । भवन पुस्तौंका लागि परिकल्पना गरेर निर्माण गरिन्छ । तर, त्यसका लागि आवश्यक निर्माण सामग्री गुणस्तर भएर मात्र पुग्दैन, तालिम प्राप्त र अनुभवी मिस्त्री हुनु त्यत्तिकै आवश्यक हुन्छ । यति मात्र होइन, कतिपय निर्माण कार्यमा समेत उत्तिकै ध्यान दिन आवश्यक पर्छ । जस्तो, काठपातमा पानी प¥यो भने छिटो कुहिन्छ । डन्डीलाई चिसोबाट बचाउनुपर्छ । डन्डीमा चिसो पस्यो भने खिया लाग्छ र छिट्टै बिग्रने हुन्छ । पानी म्वाइस्चर, रुखका जरा र जगमा पानीका स्रोत हुनु भवनका आयु प्रतिकूल हुन् । यसबाट बच्नु नै भवनको सुरक्षा गर्नु हो र आयु लम्ब्याउनु हो । सुन्दरता भवनको सुन्दरता पनि महत्वपूर्ण पक्ष हो । त्यही मानिस सजिसजाउ भयो भने राम्रो देखिन्छ । लुगा सफासुग्घर भयो भने असुन्दर पनि राम्रो देखिन्छ । त्यस्तै, भवन पनि रङरोगन र बाहिरी सजावटले निकै आकर्षक देखिन्छ । फूल बगैंचाको पनि भवनमा महत्वपूर्ण भूमिका रहन्छ । फूल बगैंचा भवनका गहना हुन् । सफासुग्घर तरिकाले सजाइएको भवनको आभा मण्डल आकर्षक देखिन्छ । वरिपरि फोहोर गरेको, जथाभावी लुगा सुकाएको, झगडा भइरहेको र सामान यत्रतत्र फालिएको भवन सुन्दर देखिन्न । भवनलाई आकर्षक र सुन्दर देखाउने कार्यमा बाहिरी र भित्री सजावटको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि वस्तु भएर मात्र राम्रो हुँदैन । त्यसलाई आकर्षक ढंगले मिलाउनाले सुन्दरता थप्छ । यो कार्य आर्किटेक्चर र सजावटसम्बन्धी ज्ञान भएका अनुभवी एवं दक्ष कामदारको सहयोगले मात्र सम्भव हुन्छ । वास्तु विधान पुस्तकका लेखक डा. प्रेमराज न्यौपानेले आधुनिक भवनका प्रमुख विशेषताको रूपमा प्रयोगमा सजिलो, बलियोपना र सुन्दरतालाई आकर्षक ढंगले व्याख्या विश्लेषण गरेका छन् । उनको निचोडअनुसार आधुनिक भवन हुन यी तीन प्रमुख विशेषता अति आवश्यक रहेकामा जोड दिएका छन् । इञ्जिनियर तिलक बानिया पनि आधुनिक भवन बलियो र आकर्षक हुनुपर्ने कुरासँग सहमत छन् । त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने भवन निर्माण गर्दा खर्च कम गर्ने लालसामा कमजोर, असुविधायुक्त र असुन्दर बनाउनु दुःखकष्ट गरी जीवन गुजारा गरेजस्तै हो ।