काठमाडौं : नेकपा एमालेका सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले अहिलेको संकट समाधान गर्न नसक्ने दाबी गरेका छन्। संसद्मा बजेटमाथिको जारी छलफलको क्रममा उनले सरकारको ध्यान चुनावमा केन्द्रित भएकाले अर्थतन्त्र सम्हाल्न नसक्ने आरोप लगाएका हुन्। पूर्व-अर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ। २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ। डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात