काठमाडौः उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।
चिकित्सको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।
अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग