काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । काँग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रबार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना समेत गरेका थिए ।काँग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई सास फेर्न समस्या भएपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।आइतबार सीसीयुमा राखेर उपचार गरिएपनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।