हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

कालीकोटको शुभकालिका वडा नं. ५ सुकाटियामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजनाअन्तर्गत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो । जटिल अवस्थाका सुत्केरी महिला तथा विपदमा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको सहयोगले हेलिप्याड निमार्ण भएको हो ।

सम्बन्धित सामग्री

नेतृ अञ्जनाको संयोजनमा उठेको सहयाेग रकम घाइते मगरकाे परिवारलाई हस्तान्तरण

ताप्लेजुङको फुङलिङस्थित हेलिप्याड क्षेत्रमा भएको साइकल दुर्घटनामा परी गम्भिर घाइते फुङलिङ निवासी विवश मगरको उपचार सहयोगका लागि युवा नेतृ अञ्जना कडरिया कटुवालले १ लाख ६८ हजार बढी रकम सहयोग जुटाइ परिवारलाई हस्तान्तरण गरेकी छन् ।

हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

प्युठानको गौमुखी गाउँपालिका-५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण

हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।

हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण

नेपाली सेना भीमदल गणद्वारा निर्मित हेलिप्याडको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

डोल्पामा सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले जनहित कार्यक्रमअन्तर्गत वडा नं ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो। दुर्गम...

सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

डोटी - बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९÷०८० मा सीमित कार्यक्रमअन्तर्गत रु पाँच लाख लगानीमा निर्माण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसँगै ...

सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

डोटी - बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९÷०८० मा सीमित कार्यक्रमअन्तर्गत रु पाँच लाख लगानीमा निर्माण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसँगै ...

गण्डकीकाे सबैभन्दा ठुलो हेलिप्याड हस्तान्तरण

अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण गरिएको छ ।