तनहुँमा झन्डै ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको टुंगो लगाएको छ । जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार तनहुँमा कुल दुई लाख ४४ हजार ३४० जनाको नामावली सार्वजनिक भएको छ । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार