४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको दोलखाका प्रभावित स्थानीयका लागि प्राथमिक सेयर खुलेको छ।
आयोजनाले दोलखाबासीका लागि १ सय रुपैयाँ अंकित दरमा १ करोड ५ लाख ९० हजार कित्ता अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँको सेयर निश्कासन गरेको हो।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) दोलखावासीले काठमाडौंबाट पनि भर्न पाउने भएका छन् । काठमाडौबाट पनि निश्चित अवधि र स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।