स्थानीय तह निर्वाचनमा देशभर पाँच दलीय गठबन्धन गरेर चुनाव लड्ने सैद्धान्तिक सहमति गरे पनि मतदान मिति नजिकिँदै जाँदा गठबन्धनमा उक्त सहमति कार्यान्वयन नहुने देखिएको छ ।नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताएका छन् । उनीहरूले सहमति कार्यान्वयनमा काँग्रेस माओवादी जिम्मेवार नभएको समेत आरोप लगाएका छन् । काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँ