मुलुकमा हाल ५ सचिवको पद रिक्त छ ।
यही असार महिनासम्ममा रिक्त भएका १० पदमा ५ वटा पदपूर्ति भएको र ५ वटा बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रशासन सेवा अन्तर्गत ५ र इञ्जिनीयरिङ सेवाअन्तर्गत ५ गरी कुल १० वटा पद रिक्त भएको थियो । त्यसमध्ये प्रशासनतर्फ दामोदर रेग्मी, गणेश पाण्डे र कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार बढुवा भएका उक्त तीनजना सचिवमध्ये दुई जनाको पदस्थापना भइसकेको छ भने एक जनाको पदस्थापन हुन बा...