गुगलका एप्लिकेसनहरुमा ‘सर्भिस आउटेज’को समस्या देखिएको छ। युट्युब, जीमेल, डक्सलगायतका एप्लिकेसनहरुमा ‘सर्भिस आउटेज’को समस्या देखिएपछि केही बेर अवरुद्ध भएको हो। बन्द भएका एप्लिकेसनहरु हाल पुनः सञ्चालनमा आइसकेको गुगलले जनाएको छ।
सो ‘सर्भिस आउटेज’का कारण गुगलका साइटहरुमा भिजिट गर्दा सर्भर इररको सन्देश देखिएको थियो। संसारभरका युजरहरुले जिमेल, गुगल ड्राइभ, एन्ड्रोइड प्लेस्टोर, म्याप्स