बुद्ध एयरले पोखराबाट भारतका ३ शहरमा उडान भर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्ने भएको छ । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । […]

सम्बन्धित सामग्री

बुद्ध एयरले अब जनकपुरधाम–पोखरा दैनिक उडान गर्ने

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म अब दैनिक उडान हुने भएको छ। करिब तीन साताअघि हप्तामा तीन दिन सेवा सञ्चालन गरको बुद्ध एयरले अब नियमित उडान भर्ने भएको हो। बुद्ध एयर जनकपुरधामका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले यात्रुहरुको मागअनुसार जनकपुरधाम–पोखरा–जनकपुरधाम उडान बिहीबारदेखि हप्ताको सातै दिन हुने जानकारी दिए। बुद्ध एयरले अहिले सोमबार, […]

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु […]

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

साउन १७ गतेदेखि अन्तरप्रदेश ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान

आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयर

खुल्यो आन्तरिक उडान, यात्रुको चापाचाप (१४ तस्बिरमा हेर्नुहोस्)

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सञ्चालनमा आएको छ । उडान खुलेसँगै बिहीबार बिहान रातोपाटीकर्मी पुग्दा यात्रुहरुको चापाचाप देखिन्थ्यो । गत असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो । त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले

दैनिक सय उडान भर्दै बुद्ध एयर

विमान थपेसँगै बुद्ध एयरले बजार विस्तार पनि आक्रामक रुपमा गरीरहेको छ । कम्पनीले काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट बिहानको उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको विमानपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज हुनेछन् ।कोभिड–१९ का कारण सिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बुद्ध एयरले आक्रमक […]

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायुसेवा कम्पनी उत्साहित

कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।          यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । “असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ”, उहाँले भन्नुभयो ।          एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

बुद्ध एयर पोखराबाट बिहानै ७ बजेदेखि सेवा दिने

पोखरा – बुद्ध एयरले आइतबारदेखि बिहान ७ बजे नै पोखरादेखि काठमाडौंका लागि उडान भर्ने भएको छ ।  यसअघि बिहान ८ बजे भन्दा अगाडि उडान नभएकोमा अबदेखि एउटा जहाज पोखरामै राखेर ७ बजे नै नियमित उडान सुरु गर्न लागेको बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । ७ बजेको उडानबाट यात्रुलाई प्रत्...