गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती असोजमा हस्तान्तरण हुने भएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन बस्ती असोजसम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको एनआरएनए अन्तर्गतको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए ।