लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।दाङका इ