एक समय नेपाली फिल्मको चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रुपमा पनि अगाडि आउने भएका छन् । निर्देशकको फड्कोको रुपमा उनले एक हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् । उनको निर्देशन रहेको ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत भएका छन् । भिडियोमा उनीसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप ब