काठमाडौं (अस) । कोभिड–१९ संक्रमणबाट नेपालीलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको हो । उक्त औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमका बेला नागरिकप्रति पु¥याएको सेवाका कारण अस्पताललाई सहयोग सामग्री वितरणनमा चयन गरिएको जनाएको छ ।
बैंकले बंगलादेशस्थित साझेदार आईएफआईसी बैंकसँग मिलेर आव ०७६/७७ मा ५ हजार भायल तथा ०७८÷७८ मा ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको थियो । ती औषधी बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो । बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।