काठमाडौं : अर्घाखाँचीको साविक ठाडा गा.वि.स.का तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन तथा सडकका लागि साविक गा.वि.स. र जिल्ला विकास समितिबाट विनियोजित रकम कामभन्दा बढी मूल्याङ्कन गरी प्रतिवेदन तयार गरेको, भवन निर्माण अधुरो रहेको र निर्माण कार्यको औचित्यसमेत नदेखिएको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।तत्कालीन गाविस सचिव भाट र तत्कालीन असिस्ट