विश्व घुम्ने चाहना कसको पो नहोला र ? तर जो कोहीको लागि यो सम्भवको विषय भने होइन । आकाशको फल आँखा तरी मर भनेझैं खर्च धेरै लाग्ने भएकोले प्रायःले आफ्नो घुमघाम गर्ने चाहना मनमै साँच्छन् । धेरैका लागि कठिन र असम्भव बिषयमा भगत खत्री र अजय मिश्र दुइ दौँतरीले भने सहज उपाय निकाले साइकलबाटै विश्व घुम्ने । अनि निस्किए, ‘विश्व साइकल यात्रा’मा । भगत र अजय ‘विश्व साइकल यात्रा’ का सहकर्मी मात्र होइनन्, उनीहरु बाल्यकालकै लंगौटिया यार हुन् । २०६१ सालबाट १६० देशको यात्रा गर्ने ल