काठमाडौं : फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्।बिहीवार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताएका हुन्।उनले सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता चप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने बताए। घिमिरेले सरकारले भएका उद्योगलाई नी