प्रदेश सरकारको स्थायी संरचना बन्ने स्थानबारे परामर्श सुरु

प्रदेश नम्बर १ सरकारको स्थायी संरचना निर्माण गर्न आवश्यक स्थान खोजी गर्न गठित कार्यदलले छलफल सुरु गरेको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । उक्त कार्यदलले स्थायी संरचना निर्माण गर्ने स्थान र आवश्यक जग्गा प्राप्तिको विषयमा छलफल सुरु गरेको हो । प्रदेश सरकारले राजधानीका लागि प्रशासनिक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापन गर्ने उद्देश्यसाथ कार्यदल बनाएको थियो । शनिबार मन्त्री कार्कीको अध्यक्षतामा कानुन मन्त्

सम्बन्धित सामग्री

प्रदेश सरकारको स्थायी संरचना बन्दै

लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले गति लिएको छ । अहिले लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षालयको संरचना प्रयोग गरेर प्रशासनिक कामकाज भइरहेको छ । दुई वर्षको अन्तरालमा प्रदेश सरकारले स्थायी संरचनाबाटै आफ्नो कामकाज सुरु गर्ने लक्ष्य बनाएको छ । गत वर्ष मङ्सिर १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी सारिएको थियो ।

४ वर्षपछि बल्ल प्रादेशिक संरचना निर्माण गर्न जग्गा खोज्दै सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणको लागि जग्गा खोजी कार्य सुरु गरेको छ । प्रदेश सरकार स्थापनको करिब ४ वर्ष बितिसक्दा समेत प्रादेशिक संरचना तर्फ कुनै काम भएको थिएन । २०७४ माघ ३ मा तत्कालीन संघीय सरकारले प्रदेश ३ को मुकाम हेटौँडा तोकेसँगै यहाँबाट प्रदेशको काम सञ्चालन भएको थियो । त्यसो त बागमती प्रदेशको स्थायी राजधानी तोकिएको पनि २ वर्ष पुरा भइसकेको छ । २०७६ पुस २७ गते बागमती प्रदेशसभाबाट हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो । यस बीचमा प्रदेश सरकारको नेतृत्वम