चुनाव महंगो भयो भन्दै माओवादी नेताले गरे उम्मेदवार नबन्ने घोषणा

१२ असोज, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले चुनाव महंगो भएकाले आफू उम्मेदवार बन्न नसक्ने अनलाइनखबरलाई बताए । यादवलाई नेकपा माओवादी केन्द्रले सर्लाही–३ बाट सिफारिस गरेको थियो । ‘अहिलेको चुनाव महंगो भयो’, यादवले […]

सम्बन्धित सामग्री

‘१० करोड छैन’ भन्दै माओवादी केन्द्रका नेताले लिए उम्मेदवार नबन्ने निर्णय

‘चुनाव या अमिर (धनी)ले लड्ने रहेछ, या त फकिर (जोगी) ले नै लड्ने रहेछ, म न फकिर भएँ, न अमिर भएँ’ यो पीडा हो नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य रामेश्वर राय यादवको । आफू अमिर पनि नरहेको र फकिर पनि नभएका कारण यसपटकको चुनावमा उम्मेदवार नबन्ने घोषणा उनले गरेका छन् । उनको नाम प्रतिनिधिसभातर्फ सर्लाही–३ बाट सिफारिस भएको छ । टिकट पाउने निश्चित हुँदैहुँदै पनि उनी चुनाव लड्नबाट पछाडि हटेका छन् ।कारण खुलाउँदै उनले भने, ‘चुनावमा १० करोड रुपैयाँभन्दा बढी खर्च हु