‘चुनाव या अमिर (धनी)ले लड्ने रहेछ, या त फकिर (जोगी) ले नै लड्ने रहेछ, म न फकिर भएँ, न अमिर भएँ’ यो पीडा हो नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य रामेश्वर राय यादवको । आफू अमिर पनि नरहेको र फकिर पनि नभएका कारण यसपटकको चुनावमा उम्मेदवार नबन्ने घोषणा उनले गरेका छन् । उनको नाम प्रतिनिधिसभातर्फ सर्लाही–३ बाट सिफारिस भएको छ । टिकट पाउने निश्चित हुँदैहुँदै पनि उनी चुनाव लड्नबाट पछाडि हटेका छन् ।कारण खुलाउँदै उनले भने, ‘चुनावमा १० करोड रुपैयाँभन्दा बढी खर्च हु