बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका […]

सम्बन्धित सामग्री

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।   बढुवा भएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृत नवीन

बढुवा भएका नौ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य हुनुहुन्छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।