मदन पुरस्कार विजेता लेखक तारानाथ शर्माको निधन

काठमाडौँ – नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो। इलामको बरबोटेमा जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए। शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए। संवत् […]

सम्बन्धित सामग्री

साहित्यकार ताना शर्माको निधन

वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय छन् ।वि.सं. १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका शर्मा ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुन् । उनले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ मा मदन पुरस्कार र […]

साहित्यकार तारानाथ शर्माको निधन

वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ ताना शर्माका नामबाट लोकप्रिय हुनुहुन्थ्यो । विसं १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मनुभएका उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

रहेनन् साहित्यकार ताना शर्मा

झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।  शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।  उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए ।  उनको कृति 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार ...