झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।
शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।
उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए ।
उनको कृति 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार ...