ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर