सरकारले आगामी साउनदेखि लागू हुने गरी निजामती कर्मचारीको तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छ । खाइपाई आएको महँगी भत्ता यथावत् राखेर सुरु स्केलका आधारमा तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँ महँगी भत्ता बढाएको थियो । बजेट वक्तव्यअनुसार निजामती, सेना, प्रहरी, शिक्षकलगायतका कर्मचारीको तलब वृद्धि भएको हो ।