काठमाडाैं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले कारागार विधेयक सर्वसम्मत पारित गरेको छ।आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक निर्णयार्थ पेश गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।आजको पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।छलफल सकिएपछि निर्णयार्थ पेश गर्दा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेट स्थगित गरिएको थियो। नेमकिपाका