कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३ सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका ३ सय ४८ जना कैदीबन्दीले मताधिकार गर्नेछन् । जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान