पश्चिम सेती र सेती नदी -६ अध्ययनको जिम्मा भारतीय कम्पनीलाई, माथिल्लो मर्स्याङ्दी-२ हिमताललाई

सरकारले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययनको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । लगानी बोर्डको सोमबार बसेको बोर्ड बैठकले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  । त्यस्तै बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ (UM-2) जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनीलाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय गरेको छ । बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ । बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता Sustainable Infrastructure Investment Forum-2022 आयोजना गर्ने निर्णय गरेको छ ।बैठकमा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण-३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरुलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका थिए। यसमा अर्थ, उर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।   

सम्बन्धित सामग्री

पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने

पश्चिम सेती र सेती नदी–६ बाट विद्युत उत्पादन गर्ने जिम्मेवारी लिएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । एनएचपीसी लिमिटेडले मंगलबार दुवै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको विज्ञपितमार्फत जानकारी दिएको छ ।यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ […]

बन्ला त पश्चिम सेती ?

धनगढी– चार दशक देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीबार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने अनुमति दिने सम्झौता गरेको छ ।  नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लाई ७ सय ५० मेगावाट क्षमता अनुमान गरिएको जलासय युक्त पश्चिम सेती जलविद्युत आयोजना र ४ सय ५० मेगावाट क्षमता अनुमान गरिएको सेती नदी […]

पश्चिम सेती र सेती ६ को अध्ययन भारतीय कम्पनीले गर्ने

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न नेपालको लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

काठमाण्डाै - भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्...

पश्चिम सेती र सेती नदी–६ः सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी

काठमाडौं, भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । एमओयूमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर […]

पश्चिम सेती र सेती नदी-६ बारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्ण पाठ)

२ भदौ, काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी (एसआर)-६ परियोजनाको श्वेतपत्र जारी गरेको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु […]

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

२ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा […]