भूकम्प : उद्धारमा खटिँदै जनप्रतिनिधि र सुरक्षाकर्मी

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । उनका अनुसार अहिलेसम्म भूकम्पमा परेर १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उनले बताए ।    कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४५० जनाको सुरक्षा फौज परिचालन भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डीआईजीपी डा. गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।   यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताए । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुगेका छन् । उहाँले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गर्नुभएको छ । रासस

सम्बन्धित सामग्री

हतियारबिना यस्तो हुन्छ संसद् भवनभित्रको सुरक्षा प्रणाली

सांसद अर्थात् जनताका जनप्रतिनिधि र कानुन निर्माता एक मर्यादित पेसा भए पनि कहिलेकाहीँ उनीहरूले प्रतिनिधिसभामै अमर्यादित व्यवहार देखाउने गर्छन् । संसद् भवनभित्रको सुरक्षा र सांसदले गर्ने अमर्यादित गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ, जसलाई मर्यादापालक भनिन्छ ।नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागबाट उनीहरू मर्यादापालकको भूमिकामा संघीय संसद्मा सुरक्षाका लागि खटिएका हुन्छन् । संघीय संसद्मा हाल १३१ जना मर्यादापालक कार्यरत छन् ।नेपाल प्रहरीका एसपीको कमाण्डमा उनीहरू काजका रूप

मतदाताको मन फेरियो, वृद्धको भोट युवालाई !

काठमाडौं : सुनसान सडक, कडा सुरक्षा व्यवस्था। देश निर्वाचनमय बनिरहेको छ।सरकारले जारी गरेका परिचयपत्र बाहेकका सवारी साधनहरु सञ्चालन हुन नदिन ठाउँठाउँमा सुरक्षामर्कीहरु सडकमा बसेका छन्। उनीहरु सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेका थिए भने मतदाताहरु आफूलाई मन परेको जनप्रतिनिधि चयन गर्न आतुर देखिन्थे।बिहानको सात बज्दा नबज्दै मतदाताहरु आफ्नो केन्द्रमा मतदान गर्न तम्तयार भएर बसेका थिए।बिहान ७ बजे पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्दा गेटमा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरुले भोट खसाल्न आउने म

सप्तकोसी नगरपालिका भवन तोडफोड

तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),  जनता समाजवादी पार्टी र नेकपा एकीक

विश्वभर सांसदहरुलाई कस्तो सुरक्षा दिईन्छ ?

ब्रिटेनका सांसद सर डेभिड एमेसको हत्याले विश्वभरिका राजनीतिकर्मीहरूले भोग्ने गरेको दुबिधालाई झल्काउँछ। उनीहरू कसरी जनताले सहजै पहुँच प्राप्त गर्ने जनप्रतिनिधि बन्न सक्छन् र त्यसो गर्दा आफ्नो सुरक्षा कसरी कायम राख्न सक्छन्?हामीले हाम्रा संवाददाताहरूलाई विभिन्न देशमा निर्वाचित जनप्रतिनिधिहरूले कसरी यो स्थितिको सामना गर्छन् भनेर सोधेका छौँ।ब्राजिल ब्रजिल जस्तो वृहत् देशमा कैयौँ फरक राजनीतिक वास्तविकताहरू हुन्छन्। अमेजनजस्ता दुर्गम क्षेत्रमा औसत राजनीतिज्ञहरूलाई एकदमै थोरै वा कुनै सुरक्षा नहुने अपेक्षा गर्न सकिन्छ।तर त्यसको अर्थ त्यहाँ सुरक्षा चिन्ताहरू हुँदैनन् भन्ने होइन किनभने शक्तिशाली आर्थिक खेलाडीहरू उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् र राजनीतिज्ञहरूविरुद्ध धम्की आउनु नौलो होइन।तर र्‍यालीहरू सामुदायिक गतिविधिहरू हुन्। राजनीतिज्ञहरू अधिकांश अवस्थामा चिनेकै व्यक्तिहरू हुन्छन्।दक्षिणमा रहेका ठूला सहरहरू साओ पाउलो र रियो द जनेरोमा नेताहरू सुरक्षा गार्ड र ठूलो लावालस्करसहित हिँडेको देख्ने सम्भावना बढी हुन्छ।त्यहाँ धन र असमानता दुवै चरम छन्। ठूला व्यापारी जस्तै धनी नेताहरूले आफूलाई जोगाउँछन्। ब्रजिल राजनीतिक रूपमा एकदमै विभाजित छ र त्यो राष्ट्रपति जाइर बोल्सोनारुको नेतृत्वमा अझै स्पष्ट भएको छ।चुनावी अभियानमा उनीमाथि छुरा प्रहार भएको थियो र त्यसलाई उनले बन्दुक राख्न पाउने कानुनलाई खुकुलो बनाउन प्रयोग गरिरहेका छन्।तर अन्तर्विरोधहरू प्रस्टै देखिन्छ।हालै म राष्ट्रपतिको भवनमा जाँदा सुरक्षा अवस्था उल्लेख्य रूपमा खुकुलो नै थियो।अमेरिकाबन्दुक हिंसा र महामारीले अमेरिकामा राजनीतिज्ञहरूले आफ्ना मतदाताहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरामा परिवर्तन ल्याएको छ। रिपब्लिकन र डेमोक्र्याटहरू दुवै हिंसात्मक आक्रमणको निशानामा परेका छन्।लुइजियानाका रिपब्लिकन स्टिभ स्कलीसलाई सन् २०१७ मा कंग्रेसको टोलीका लागि बेसबलको अभ्यास गरिरहेका बेला एक जनाले गोली हानी घाइते बनाएका थिए।सन् २०११ मा सुपर मार्केट बाहिर भएको एउटा राजनीतिक कार्यक्रममा एरिजोनाकी डेमोक्र्याट ग्याब्रिएल गिफर्डसलाई बन्दुकधारीले गम्भीर रूपमा घाइते बनाएका थिए।त्यस्ता जोखिममा व्यक्त हुने प्रतिक्रियाहरू अधिकांश अवस्थामा दलीय आबद्धताका आधारमा हुने गर्छन्।कतिपय डेमोक्रयाटहरूले खुला स्थानहरूमा सकेसम्म ठूला भिडहरूलाई छल्न खोज्छन् वा सुरक्षाकर्मीसहित यात्रा गर्छन्।कैयौँ कन्जरभेटिभहरू भिडमै पस्छन् र आफ्ना समर्थकहरूसँग एकदमै नजिक गएर भेट्छन। रिपब्लिकनहरूले बन्दुक राख्न पाउने अधिकारको प्रवर्द्धन गर्छन् तर डेमोक्र्याटहरूले बन्दुकसम्बन्धी कडा कानुनको पक्षमा पैरवी गर्छन्।सबै राजनीतिकर्मी जस्तो पृष्ठभूमि भए पनि एक अर्कासँग राम्रो सामाजिक सम्बन्ध राख्ने प्रयास गर्छन्। र सबै जना देशभित्र र बाहिर आफ्ना सहकर्मी राजनीतिज्ञहरू विरुद्ध हुने हिंसाका कारण भयभीत हुने गर्छन्।नेदरल्याण्डप्रधानमन्त्रीले आरामले संसद् भवनसम्म साइकलमा यात्रा गरिरहेको दृश्यले नेदरल्याण्ड सुरक्षा, शान्ति र सहअस्तित्व स्वीकार गर्ने देश भएको सङ्केत दिन्छ।तर निकै प्रशंसा पाएको उनको स्वतन्त्रतालाई हालै नियन्त्रण गरिएको छ। प्रधानमन्त्री मार्क रुटलाई हत्या गर्ने योजना बनाएको आशङ्कामा एक जना २२ वर्षका व्यक्ति प्रहरीको नियन्त्रणमा छन्।अघिल्लो हप्ता दुई जना नेताहरूलाई मार्ने धम्की सहितको पोस्ट फेसबुकमा राखेका कारण अर्का डच व्यक्ति अदालतमा उपस्थित भएका थिए। र दुई दशकअघि एक जना पशु अधिकारकर्मीले डच नेता पिम फोर्टानको हत्या गरेका थिए।डच सांसदहरूले निर्वाचन क्षेत्रमा गएर यूकेमा जस्तो भेटघाट गर्दैनन् किनभने त्यहाँ त्यस्तो विभाजन छैन।र उनीहरूले योजनाबद्ध वा सार्वजनिक विज्ञापन गरिएको कार्यक्रममा नियमित रूपले भाग पनि लिँदैनन्। उनीहरू सर्वसाधारणसँग भेटघाट गर्छन् तर अनौपचारिक हिसाबले।इस्लाम विरोधी नेता ख्रिट विल्डर्स जस्ता एकदमै थोरै नेताहरुले सुरक्षा लिएका छन्। बहुसङ्ख्यक आफ्नो काम गर्दा खासै ठूलो जोखिम नरहने कुरामा विश्वास गर्छन्।भारत विश्वकै ठूलो लोकतन्त्र भनिने भारतमा सांसद बन्नु भनेको तपाईँले विशेषाधिकार पनि पाउनु हो। त्यसमा सुरक्षा पनि एउटा हो। अधिकांश सांसदहरूसँग हतियारसहित कम्तीमा एक जना सुरक्षाकर्मी हुन्छन्।तर सबै सांसदहरूको तह एउटै हुँदैन। र सुरक्षाको जोखिम हेरेर विशेष जोखिम रहेका सांसदहरूलाई त्यसको मूल्याङ्कन गरी केन्द्रीय गृहमन्त्रालयले सुरक्षाकर्मी उपलब्ध गराउँछ।राज्यका प्रहरीहरूले पनि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाँदा सुरक्षा दिन्छन्। त्यो पनि सुरक्षाको जोखिम र उसको प्रभावलाई हेरेर निर्धारण हुन्छ।अधिकांश सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा दलबल सहित बैठकहरू गर्छन् त्यसमा उनीहरूका समर्थक र बेला बेलामा निजी सुरक्षा गार्डहरू पनि लैजान्छन्।एउटा प्रमुख राज्यका पूर्व प्रहरी अधिकारीले भने अनुसार बढी सुरक्षा उपलब्ध हुनु कतिपय मन्त्री र सांसदहरूलाई प्रतिष्ठाको विषय हो। त्यसले गर्दा कतिपय अवस्थामा राम्रो सुरक्षा चाहिएका नेताको सट्टा अरूले सुरक्षाकर्मी लिइरहेका हुन्छन्।हालैका वर्षमा आक्रमणहरू भएका छन् र त्यो कालो छ्याप्ने र झापड हान्नेमै सीमित छन्। चुनावी अभियानका समयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गालामा झापड हानिएको थियो।तर विगतमा हिंसात्मक आक्रमणमा पूर्व प्रधानमन्त्रीहरू इन्दिरा गान्धी र राजीव गान्धी सहित कैयौँ नेताहरूले ज्यान पनि गुमाएका छन्। -बिबिसीबाट

सडक खुलाउने प्रयासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय

म्याग्दी । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् ।  मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने...

दोलालघाट पुरानो बजार क्षेत्रका ११ ओटा घर डुबानमा

असार ४, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ । नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधवार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए ।  दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ । डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् । त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।  नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए । समितिले बिहीवार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँरनगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।  बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ । त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ । रासस

सरकारी कर्मचारी तथा स्थानीय जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै

सरकारले आजदेखि सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ