काठमाडाैं : पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२४ अंक, फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७२ अंकले गिरावट आएको छ।मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो।मंगलबार १३ वटै उपसमूहक