परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानचाओ बीच बिहीबार भर्चुअल संवाद भएको छ । कुराकानीमा मन्त्री खड्काले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिनुका साथै नेपाललाई चीनले गरेको सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरेका थिए । उनले नेपाली काँग्रेस असंलग्न परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता जनाएका थिए ।उता लिउले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । केही समयअघि