काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ […]