काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादकपदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित […]