काठमाडौँ – स्थगित राष्ट्रिय जनगणना २०७८ को बुधबारदेखि सूचीकरण कार्य सुरु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले स्थगित जनगणना कार्यलाई भदौदेखि मंसिर महिनासम्म सम्पन्न गर्ने निर्णय गरेसँगै बुधबारदेखि सूचीकरण कार्य सुरु हुने भएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार सूचीकरण कार्य असोज १८ गतेसम्म हुनेछ। त्यस्तै कार्तिक १३ देखि १६ गतेसम्म गणकहरुको तालिम हुने विभागले जनाएको छ। […]