काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि […]
३१ भदौ, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोह सुन खानी उत्खनन्का लागि भन्दै रोल्पा पुगेको भेटिएको छ । सुन प्रकरणमा पक्राउ परेका आरोपी दावा छिरिङले प्रहरीसमक्ष बयान दिँदै चिनियाँ नागरिकहरुले आफूहरुसँग खानी उत्खनन् गर्ने लाइसेन्स भएको बताएको खुलाएका छन् । त्यसपछि चिनियाँ नागरिकले मगाएको विज्ञहरुको टोली र भाषा […]
२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ । २ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै […]
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सुन प्रकरणको अनुसन्धान जरैसम्म पुर्याउन सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले सुन प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्। उनले भने, ‘भरियाले मालिक को हो भनेन होला? अरुले दबाब दिएर मात्रै पक्राउ गरिएको हो। अनुसन्धान जरासम्म पुग्नु पर्छ। बीचमा नरोकियोस्।’ उनले भरिया समातेर नाइकेलाई उन्मुक्ति दिन […]
३ साउन, काठमाडौं । बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ । करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले […]
सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् । तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ । भारतको नयाँदिल्लीस्थित […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...
बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २