कोरोना जोखिमबीच छ महिनापछि सताक्षीधामको वाटरपार्क सञ्चालनमा

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको बेला सार्वजनिकस्थल तथा पर्यटकीय क्षेत्रमा मानिसहरूको भिड लाग्न थालेको छ।

सम्बन्धित सामग्री

मनोरञ्जनको पूर्ण प्याकेज– थ्रिल फ्याक्ट्री

वीरगञ्ज। तपाईं पहिलोपटक वीरगञ्ज आउँदै हुनुहुन्छ ? औद्योगिक शहर वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाका र त्यहाँ ढुवानीका साधनको लाइन, जो कोहीको मानसपटलमा यही बिम्ब निर्माण हुन्छ । त्यसबाहेक यहाँ आइपुगेर घुम्नैपर्ने ठाउँ कुनकुन होलान् ? वीरगञ्जको घरिअर्वा पोखरी, गहवा मन्दिर, घण्टाघर, शंकराचार्य द्वार र सीमापारिको रक्सौल शहर । त्योभन्दा पर छिमेकी जिल्ला बारामा पर्ने गढीमाई मन्दिर । यस्तै सोचिरहनुभएको छ भने तपाईंलाई वीरगञ्जमा घुम्नैपर्ने मनोरञ्जनात्मक ठाउँबारे पूर्ण जानकारी छैन । वीरगञ्ज–पथलैया कोरिडोरमा पर्ने चैनपुरमा मनोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री सञ्चालनमा आएको छ । औद्योगिक तथा व्यापारिक घराना चाचान समूहले सञ्चालन गरेको यो मनोरञ्जनात्मक उपक्रममा पछिल्लोपटक थ्रिल अफरोड ट्र्याक थपिएको छ । यससँगै मनोरञ्जनका लागि इनडोर र आउटडोरमा पूर्ण प्याकेज तयार भएको सञ्चालक निखिल चाचानले जानकारी दिए ।  ‘औद्योगिक शहर वीरगञ्जमा मनोरञ्जनस्थलको कमी थियो । उक्त कमीलाई पूर्ति गर्ने उद्देश्यले १० महीनाअघि थ्रिल फ्याक्ट्री इनडोर पार्क शुरू गरेका थियौं । भर्खरै अफरोड ट्र्याक सञ्चालनमा ल्याएपछि मनोरञ्जनको पूर्ण प्याकेज तयार भएको छ,’ सञ्चालक चाचानले भने ।  चाचान समूहले गत वैशाखमा थ्रिल फ्याक्ट्रीमा वाटर पार्क थपेको थियो । अब बालबालिकादेखि वयस्कसम्मका लागि मनोरञ्जनको पूर्ण पूर्वाधार तयार भएको चाचानले बताए । पारिवारिक र समूहिक रूपमा हुने सबै खालका भ्रमणलाई लक्षित गरेर थ्रिल फ्याक्ट्रीले सेवा प्रदान गरेको उनले जानकारी दिए । ‘वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाकामात्रै बुझ्ने गरिएको छ । अब यो चिनारी फेर्नुपर्छ । यो शहरलाई मनोरञ्जनको हब बनाएर पर्यटक आकर्षित गर्न सकिन्छ,’ चाचानले विश्वास व्यक्त गरे ।  थ्रिल अफरोडमा अहिले विभिन्न प्रकारका ६ ओटा गाडी राखिएका छन् । उबडखाबड बाटोमा गाडी चलाएर मनोरञ्जन लिन चहानेलाई लक्षित गरेर २ बिगाहा क्षेत्रफलमा यो ट्र्याक तयार पारिएको हो । अफरोड ट्र्याक र त्यससम्बन्धी सुरक्षा सावधानीको मापदण्डअनुसार तयार पारिएको यो नेपालमै पहिलो अफरोड ट्र्याक भएको उनले बताए ।  थ्रिल फ्याक्ट्रीमा बितेको १० महीनामा ५० हजार जनाले भिजिट गरिसकेको समूहले बताएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र छिमेकी देश भारतका पर्यटक बढी आउने गरेका छन् । चाचान समूहले यसमा अहिलेसम्म १७ करोड रुपैयाँ लगानी गरिसकेको छ ।  यो समूहले सञ्चालन गरेको वाटरपार्क मधेशमै पहिलो हो । यसमा वेभ पुल (समुद्री छालको अनुभूति हुने पोखरी), जाकुजी (पानीबाट हुने मसाज), ट्युब स्लाइड, स्वीमिङ पुललगायत मनोरञ्जनात्मक क्रियाकलाप छन् । इनडोर पार्कमा ट्रेम्प्लिङ, गो कार्टिङ, रोप कोर्स, जीप साइकललगायत मनोरञ्जनका तीन दर्जन क्रियाकलाप सञ्चालनमा छन् । थ्रिल फ्याक्ट्री परिसरमै रेस्टुराँ र संगीतका पारखीका लागि कारोओके रुम पनि सञ्चालनमा ल्याइएको समूहले बताएको छ ।

नेपालगञ्जमा अत्याधुनिक वाल पार्क बन्दै

नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

कोरोना महामारी : इटहरीमा बन्द भए ९ ओटा होटल

साउन २७, सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गएको वर्षदेखि बन्द छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो ।  त्यस्तै, इटहरी ६ विपि चौक स्थित सगुन होटल यो वर्ष देखा परेको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द हुन पुगेको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो ।  यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना तथा ठूला गरी ९ ओटा होटलहरू बन्द भएको छ । यस वर्ष देखा परेको दोस्रो चरणको कोरोनाबाट साना लगानीका होटलहरू धेरै प्रभावित हुन पुगेको होटल व्यवसाय संघ इटहरीले जानकारी दिएको छ । इटहरीमा गएको वैशाखदेखि साउन सम्ममा ६ ओटा साना र ३ ठूला गरि ९ ओटा होटलहरू बन्द भएको संघले जानकारी दिएको छ ।  सरकारले जोखिमको बेला व्यवसायीको हकहितका लागि लाभ हुने र राहतको प्याकेज ल्याउन नसकेपछि लाखौ लगानी गरी खोलिएका होटलहरू धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । होटलहरूलाई विपतको बेला सरकारले ठोस नीति ल्याउनुपर्ने महतोको भनाइ छ ।  होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट नराम्रोसँग प्रभावित बनेको पर्यटन व्यवसायीहरूको पीडा पनि उस्तै देखिएको छ । सरकारले कोरोना त्रास देखाउदै अन्य क्षेत्रलाइ खुला गरिरहँदा पर्यटन क्षेत्रलाइ सञ्चालनमा रोक लगाउदै आएको छ । पर्यटन व्यवसायीहरुको करोडौ रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटहरूका लागि आकर्षक प्याकेजहरू अघि सारेर स्थापना भएका करोडौ रुपैयाँको लगानी गरिएका पर्यटकीय क्षेत्रहरू सिजनको बेला पनि सुनसान हुन पुगेका छन् । बजार व्यवसाय खोल्न अनुमति दिए जस्तै पर्यटकीय क्षेत्रहरूलाई पनि सरकारले मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।  करीब ३० करोडको लगानीमा हालै मात्र स्थापना भएको इटहरी २ स्थित इपिल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि करोडौ रुपैयाँको लगानी जोखिममा परेको सञ्चालक भिम पौडेल बताउँछन् । नेपालकै नमूना पार्क भनेर स्थापना गरेपनि सञ्चालन हुन नपाएपछि करोडौ रुपैयाँ डुब्ने खतरामा रहेको उनले बताए ।  अन्य व्यवसाय सुचारू भइरहदा पर्यटन क्षेत्रलाइ पनि स्वास्थ्य मापदण्ड बनाएर सञ्चालन गर्न पाउनु पर्ने पर्यटन व्यवसायीहरूको माग छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको लकडाउन खुकुलो हुँदै गएपनि पर्यटन क्षेत्रलाइ अझै बन्दी बनाउँदा व्यवसायीहरू मार्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एण्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् ।  सरकारले सबै नागरिकहरूलाई खोपको व्यवस्था गरी पर्यटन क्षेत्रलाइ सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीहरूलाइ तत्काल राहतको प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष विरबहादुर मगरको भनाइ छ ।

पर्यटक भुलाउन वाटरपार्क

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित भैरहवामा ४५ करोडको लागतमा वाटरपार्क सञ्चालनमा आउने भएको छ । नयाँ वर्षसँगै यस क्षेत्रमै ठूलो लगानीका रूपमा तयार भएको लुम्बिनी अम्युजमेन्ट पार्क एन्ड रिसोर्ट सेन्टर सञ्चालनमा आउन लागेको हो । वाटरपार्क सञ्चालनमा आउने भएपछि यसले आन्तरिक पर्यटकका साथै भारतका पर्यटकलाई पनि आकर्षित गर्ने बताइएको छ । वैशाख १५ गते उद्घाटन भएपछि पार्क सबैका लागि खुला गरिने छ । साढे छ बिघा क्षेत्रफलमा रहेको पार्कमा वाटरपार्क, बैङ्केट हल, रेस्टुरेन्ट, कन्फ्रेन्स हल तथा रिसोर्टलगायत अन्य मनोरञ्जन प्रदान गरिने लुम्बिनी अम्युजमेन्ट पार्क एन्ड रिसोर्ट सेन्टरका सञ्चालक कमलनिरज बरालले जानकारी दिनुभयो ।

भैरहवामा ४५ करोड लगानीमा वाटर पार्क

२४ चैत, बुटवल। भैरहवामा लुम्बिनी प्रदेशकै ठूलो वाटरपार्क सञ्चालनमा आएको छ। पाँचजना युवा उद्यमीको ४५ करोड लगानीमा सिद्धार्थनगर नगरपालिका-१ डण्डापुल नजिकै साढे ६ विघा क्षेत्रफलमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको हो। दोस्रो चरणमा दशहजार …

खुल्यो पर्यटक लक्षित वाटरपार्क

पर्यटकीय दृष्टिकोणले सुनसरीको इटहरीमा ईपी ल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा ल्याइएको छ । ३० करोड रुपियाँको लगानीमा पर्यटक लक्षित गरी निर्माण गरिएको वाटरपार्कको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएसँगै विधिवत् सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दाबी गरिएको ईपी ल्यान्ड प्रवेशमा समेत महँगो शुल्क तोकिएको छ । पार्कका सञ्चालक विनोद पौडेलका अनुसार तीन फिटमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ । साथै प्रवेश शुल्क भुक्तानी गरेपछि वाटर पार्क र एम्युजमेन्ट पार्कको अवलोकन निःशुल्क हुनेछ ।

पोखरामा नयाँ गन्तव्य वाटरपार्क

पर्यटकीय नगरी पोखरामा पर्यटकहरूलाई नयाँ गन्तव्यका रूपमा वाटरपार्क सञ्चालनमा आउने भएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्यका रूपमा आफूहरूले वाटर पार्कसहितको आर्य दि रिसोर्ट सञ्चालनमा ल्याउन लागेको सञ्चालक अमितराज मुल्मीले बताए ।